सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :साफ महिला क्लब फुटबल च्याम्पियनसिपको उपाधिका लागि अहिले नेपालको एपीएफ र भारतको इष्ट बंगाल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा इष्ट बंगालले एपिएफ विरुद्ध २–० को अग्रता बनाएको छ । खेलको २२औं मिनेटमा कप्तान फजिला ईकापुटले गोल गर्दै अग्रता दिलाएकी थिइन् । खेलको ३५ औँ मिनेटमा सिल्की देबी हिनाले इष्ट बंगालकालागि दोस्रो गोल गरिन् ।
उपाधि जित्ने टोलीले १० हजार र उपविजेताले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।
दक्षिण एसियाली फुटबल महासंघ साफले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बङ्गलादेश र पाकिस्तान गरी ५ देशका लिग विजेता महिला टोली सहभागी छन् ।