सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाण्डौ :एशियाली फुटबल महासङ्घ एएफसीले अखिल नेपाल फुटबल सङ्घ एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना गरेको छ।
एशिया कप छनोट प्रतियोगिताको तेस्रो चरणमा मलेशियासँग भएको खेलमा नेपाली खेलाडीहरू मैदानमा ढिला प्रवेश गरेको भन्दै एएफसीको डिसिप्लिनरी तथा इथिक्स कमिटीले एन्फालाई जरिवाना गरेको हो।
एएफसीका अनुसार पहिलो हाफमा नेपाल १ मिनेट २० सेकेन्ड र दोस्रो हाफमा १ मिनेट ३० सेकेन्ड ढिला गरी मैदानमा प्रवेश गरेको थियो। कमिटीको यही डिसेम्बर १५ मा बसेको बैठकले उक्त निर्णय गरेको हो।
यस्तै, मलेशियाका खेलाडीहरू पनि मैदानमा ढिला प्रवेश गरेकाले मलेशिया फुटबल सङ्घलाई २ हजार ५ सय अमेरिकी डलर जरिवाना गरिएको छ।
यसका साथै, खेलपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा प्लेअर अफ द म्याच मोहम्मद फैसल बिन अब्दुल हलिमलाई उपस्थित नगराएको भन्दै मलेशिया फुटबल सङ्घ र सहभागी हुन अस्वीकार गरेको भन्दै हलिमलाई जनही १०–१० हजार डलर जरिवाना तोकिएको छ।
एएफसीले सबै जरिवाना निर्णय भएको ३० दिनभित्र तिर्न निर्देशन दिएको छ। गत नोभेम्बर १८ मा मलेशियामा भएको उक्त खेलमा नेपाल १–० ले पराजित भएको थियो।