२०२६ विश्वकपमा 'डलरको वर्षा': पुरस्कार राशिमा ५० प्रतिशत वृद्धि !

विजेताले पाउनेछन् ५० मिलियनको ज्याकपट
बिहीबार, पुस ३, २०८२

काठमाडौं:अमेरिका, क्यानडा र मेक्सिकोमा २०२६ मा हुने फिफा विश्वकप फुटबल अब केवल खेल मात्र रहनेछैन, यो एउटा 'आर्थिक महाकुम्भ' बन्ने निश्चित भएको छ।

फिफाले पुरस्कार राशिमा ५० प्रतिशतको भारी वृद्धि गरेपछि विश्वभरका फुटबल प्रेमी र टिमहरूमा नयाँ उत्साह थपिएको छ।

फिफाको रेकर्ड ब्रेकिङ घोषणा

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फुटबलको इतिहासमै अहिलेसम्मको धेरै पुरस्कार राशिको घोषणा गरेका छन्। उनका अनुसार यो वृद्धिले विश्व फुटबलमा ठूलो आर्थिक क्रान्ति ल्याउनेछ।

स्थान पुरस्कार राशि (अमेरिकी डलर)
विश्व विजेता (Winner) ५० मिलियन (करीब ६ अर्ब ६५ करोड रुपैयाँ)
उपविजेता (Runner-up) ३३ मिलियन
समूह चरणबाट बाहिरिने ९ मिलियन
तयारी खर्च (हरेक टिमलाई) १.५ मिलियन

छनोट हुनेलाई नै चिट्ठा!

विश्वकपका लागि छनोट हुने बित्तिकै हरेक राष्ट्रले तयारी खर्चबापत १.५ मिलियन डलर (करिब २० करोड रुपैयाँ) गोजीमा हाल्नेछन्। यदि कुनै टिम समूह चरणबाटै बाहिरिए पनि उसले कुल १०.५ मिलियन डलर (९ मिलियन पुरस्कार + १.५ मिलियन तयारी खर्च) प्राप्त गर्ने ग्यारेन्टी गरिएको छ।

किन बढ्यो त पैसा?

सन् २०२६ को विश्वकपमा सहभागी टिमको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याइएको छ। टिम संख्या बढेसँगै प्रायोजक र विज्ञापनबाट हुने आम्दानी पनि बढ्ने भएकाले फिफाले यो ऐतिहासिक 'प्राइज मनी' घोषणा गरेको हो।

५० मिलियन डलरको यो 'सुनौलो ट्रफी' कसले उचाल्ला?  विश्व फुटबलको यो सबैभन्दा महँगो लडाईं हेर्न अब धेरै कुर्नुपर्ने छैन ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्