ADD FOR WEBSIDE ADD FOR WEBSIDE

टिपटप हेल्प नेपाललाई प्रधानमन्त्री कपको उपाधि

शनिबार, जेठ २६, २०८१

काठमाडौँ : आँठौ प्रधानमन्त्री कप राष्ट्रिय भलिवल अन्तर्गत पुरुषतर्फको उपाधि टिपटप हेल्प नेपालले जितेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिवार भएको फाईनलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै टिपटप हेल्प नेपालले उपाधि उचालेको हो ।

टिपटप हेल्प नेपालले पहिलो सेट २२–२५ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट २५–२० ले गण्डकीलाई सुम्पिएको थियो ।  त्यसपछि तेस्रो र चौथो सेट क्रमश २५–२० हेल्प नेपालले आफ्नो पक्षमा पार्दै गण्डकीबाट उपाधि खोस्न सफल भएको हो ।

उपाधिसंगै हेल्प नेपालले नगद ८ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता गण्डकीले ४ लाख रुपैयाँमा चित्त बुझाएको छ । महिलातर्फको उपाधि भने नेपाल पुलिस क्लबले जितेको छ ।

शनिवारनै भएको महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान हात पारेको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्