सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :एभरेस्ट महिला भलिबलको उपाधि डिफेन्डिङ च्याम्पियन कर्णाली यस्वीसले हात पारेको छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा आज भएको फाइनलमा ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हराउँदै कर्णालीले लगातार दोस्रो पटक उपाधि उचालेको हो । पहिलो र दोस्रो सेटमा जित निकालेको कर्णालीले तेस्रो तथा चौथो सेट भने गुमाएको थियो ।
निकै प्रतिस्पर्धात्मक पहिलो सेटमा कर्णालीले ललितपुरमाथि २६–२४ तथा २५–१२ को जित निकालेको थियो । तेस्रो तथा चौथो सेट कर्णालीले १३–२५ तथा १७–२५ ले गुमाएको थियो ।
तर अन्तिम तथा पाँचौ सेटमा कर्णालीले १५–८ को सनसनीपूर्ण जित निकाल्दै उपाधि कब्जा गरेको हो ।