ए डिभिजन लिग गर्न तयार भयो एन्फा

मंगलबार, कात्तिक २५, २०८२

काठमाडौँ :शहीद स्मारक 'ए' डिभिजन लिग चैतभित्र सुरु गर्ने तयारी सुरू भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयमा आज भएको बैठकपछि एन्फा, 'ए' डिभिजन क्लबका प्रतिनिधि र फुटबल खेलाडी संघबीच १२० दिनभित्र लिग सुरु गर्ने सहमति जुटेको हो। उक्त बैठकमा युवा तथा खेलकुद मन्त्री, एन्फाका पदाधिकारी, क्लब प्रतिनिधि र खेलाडी संघका प्रतिनिधिहरू सहभागी थिए।यसअघि एन्फा र 'ए' डिभिजन क्लबबीच यस वर्ष राष्ट्रिय लिग आयोजना गर्ने र 'ए' डिभिजन लिग अर्को वर्ष मात्रै गर्ने प्रारम्भिक सहमति बनेपछि खेलाडी संघले विरोधस्वरूप आन्दोलन सुरु गरेको थियो।

त्यसपछि मन्त्रालयले छलफलमार्फत सहमति जुटाउँदै यस वर्षकै चैत महिनाभित्र शहीद स्मारक 'ए' डिभिजन लिग सञ्चालन गर्न पहल थालेको हो। बैठकका सहभागीहरूले खेलाडीको माग सम्बोधन गर्दै निर्धारित अवधिभित्र लिग सुरु गर्न सबै पक्षले आवश्यक तयारी अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्