झापा महिला गोल्डकपको उपाधि पुलिसले जित्यो 

सोमबार, कात्तिक २४, २०८२

काठमाडौँ :झापा महिला गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ ।

झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा आज भएको फाइनलमा सशस्त्र प्रहरीको एपीएफलाई १–० गोलले हराउँदै पुलिसले उपाधि हात पारेको हो । पुलिसकालागि खेलको २१औं मिनेटमा मिना देउवाले गरेको गोलनै निर्णायक रह्यो ।

उपाधिसंगै पुलिसले १० लाख १० हजार रुपैयाँ हात पारेको छ । उपविजेता एपीएफले पाँच लाख रुपैयाँमा चित्त  चित्त बुझाएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्