उपाधि जित्नबाट चुक्यो नेपाल

आइतबार, कात्तिक २३, २०८२

काठमाडौँ :किर्गिस्तानसँग पराजित भएपछि नेपाल काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनशिपको उपाधि जित्नबाट बञ्चिज बनेको छ ।

श्रीलङ्काको कोलम्बोमा आज भएको फाइनलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको हो । पहिलो सेट नेपालले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा किर्गिस्तानले नेपाललाई २०–२५ ले हराउँदै  १–१ को बराबरमिा पुर्यायो ।

तेस्रो सेट किर्गिस्तानले पुन २५–२१ ले आफ्नो पक्षमा लियो । चौथो सेटमा नेपालले २५–१३ ले कब्जा गरेपछि खेल पाँचौ सेटमा धकेलिएको थियो ।

पाँचौ तथा निर्णायक सेटमा नेपाल  १५–११ ले पराजित भएपछि उपाधि किर्गिस्तानले जितेको हो ।

आजै भएको खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै आयोजक श्रीलङ्काले तेस्रो स्थान हात पारेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १८:५५
प्रतिक्रिया दिनुहोस्