एसियाकप छनौट : नेपाली फुटबल टोलीको घोषणा 

शनिबार, कात्तिक २२, २०८२

काठमाडौँ :एसियाकप छनौटका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक  हरि खड्काले बंगलादेश र मलेसियाविरुद्द हुने दुई खेलकालागि किरण लिम्बूको कप्तानीमा आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो । टोलीका किरणसंगै अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विशाल सुनार, दीप कार्की, दिनेश हेमजन, दीपेश गुरुङ, जिलेप्सीजंग कार्की र कुशल देउवा  छन् ।

यस्तै लाकेन लिम्बू, मणि लामा, मनीष डांगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास बम, सुमिन श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ पनि टोलीमा अटाएका छन् ।

नेपालले आगामी नोभेम्बर १३ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने नोभेम्बर १८ मा मलेसियाविरुद्ध एसियाकप छनोटको तेस्रो चरणको खेल खेल्ने तालिका छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्