संकटालाई हराउँदै पुलिस झापा महिला गोल्डकपको फाइनलमा 

शुक्रबार, कात्तिक २१, २०८२

काठमाडौँ :संकटा एफसीलाई हराउँदै नेपाल पुलिस क्लब झापा महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा संकटा विरुद्ध २–० को जित निकाल्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पुलिसको जितमा मिना देउवा र रेखा पौडेलले गोल गरिन् ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको संकटाले दुवै गोल दोस्रो हाफमा खाएको थियो । पुलिसले अब एपिएफ र त्रिभुवन आर्मी मध्ये एक टोलीसंग फाइनल खेल्ने छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

विजेता टोलीले १० लाख १० हजार तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्