तिहारको अवसरमा भोटेचौरमा १ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने 

बिहीबार, असोज २३, २०८२

मेलम्ची :मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । 

वडा नम्बर १ को आर्थिक सहयोग र भोटेचौर स्पोट्र्स क्लबको आयोजनामा तेस्रो मेलम्ची नगरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।

तिहारको अवसर पारेर सञ्चालन हुन लागेको प्रतियोगिता यही कार्तिक २,३ र ४ गते भोटेचौर स्थित ठाडाचौर खेलमैदानमा हुने आयोजकले जनाएको छ । 
प्रतियोगिता आयोजकले कार्तिक १ गते दिउँसो २ बजे पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिता र तयारीका बारेमा जानकारी गराइने छ । 

प्रतियोगिताको विजेताले १ लाख, दोस्रो हुने टोलीले ५० हजार र तेस्रो हुनेले २५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । 

प्रतियोगितामा सहभागीताको लागि आयोजकले तयार पारेको नियमहरूमा रही ७ हजार ५०० रुपैयाँ शुल्क सहित टिम दर्ता गर्न सकिनेछ ।
 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्