hERO hERO

काभा भलिवल खुला मैदानमा,एसियाका आठ टोली हभागी हुने

बिहीबार, भदौ ५, २०८२

काठमाडौँ:आगामी नोभेम्बर १५ देखि २२ सम्म काठमाडौँको टुँडिखेलमा काभा महिला नेसन्स लिग भलिबल प्रतियोगिता हुने भएको छ।

नेपाल भलिबल संघले दर्शक संख्यालाई मध्यनजर गर्दै प्रतियोगिता खुला मैदानमै आयोजना गर्ने निर्णय गरेको हो।

संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दका अनुसार टुँडिखेलमा करिब आठ हजार दर्शक बस्न सक्ने अस्थायी प्यारापिट निर्माण गरिनेछ। यस लिगमा सेन्ट्रल एसियाका आठ देश सहभागी हुनेछन्।  यस प्रतियोगितालाई विश्व वरीयता प्रणालीमा समावेश गर्न अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) समक्ष अनुरोध गर्ने तयारी गरिएको छ।

सरकारले प्रतियोगिताका लागि एक करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ भने काठमाडौँ महानगरपालिकाले थप ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

प्रतियोगिताको प्रसारण तथा मार्केटिङ अधिकार हिमालय टेलिभिजनलाई दिइएको छ। हिमालय टेलिभिजनले सम्पूर्ण खेल प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  ०७:५९
प्रतिक्रिया दिनुहोस्