सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :यु–२० एएफसी महिला एसियन कप छनोट फुटबल अन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल पहिलो हाफ बराबरीमा टुंगिएको छ ।
भुटानको थिम्पुस्थित चिङलिमाथाङ रंगशालामा जारी खेलमा दुबै टोलीले गोल गर्न नसकेको हो । खेलको ३८ औँ मिनेटमा नेपालले पेनाल्टी पाएपनि गोल गर्न सकेन । मीना देउवाले प्रहार गरेको पेनाल्टी बारमा लागेर बाहिरिएको थियो ।
त्सपछि साउदीले नेपालमाथि निरन्तर दबाब बढाईरअेको छ । दुवै टोली आज पहिलो जितको खोजिमा छ ।
यसअघि भएको पहिलो खेलमा नेपालले भुटानसंग बराबरी खेल्दा साउदी अरेबिया उत्तरकोरियासंग १५–० गोलले पराजित भएको थियो ।