सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ।
खेल भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो १:४५ बजे सुरु हुनेछ। यसअघिको खेल साँझमा खेलेको नेपाली टोलीले आजको खेल भने दिउँसोको समयमा खेल्नेछ।
समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा आयोजक भुटानसँग १-१ को बराबरी खेलेको थियो। त्यही समूहमा रहेको साउदी अरेबिया भने बलियो टोली उत्तर कोरियासँग १५-० को अपमानजनक हार बेहोरेर मैदानमा उत्रिनेछ।
भुटानसँग अंक बाँडेपछि नेपालका लागि समूह विजेता बन्ने सम्भावनामा केही दबाब थपिएको छ। अब नेपालको प्रमुख चुनौती उत्तर कोरिया रहनेछ, जससँग खेल अझै बाँकी छ।
समूह चरणको अन्त्यमा प्रत्येक समूहका विजेताहरू आगामी एएफसी यू-२० महिला एसियन कपमा स्थान सुरक्षित गर्नेछन्। साथै, विभिन्न समूहबाट अंकको आधारमा दुई उत्कृष्ट उपविजेताले पनि प्रतियोगितामा स्थान बनाउनेछन्।