सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं : नेपाली महिला फुटबल टिमले अन्तर्राष्ट्रिय स्तरमा ठूलो फड्को मारेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ महिला टोलीको वरीयतामा नेपालले कीर्तिमानी सुधार गर्दै १३ स्थान उक्लिएको छ। अब नेपाल ८७औं स्थानमा पुगेको छ, जुन अहिलेसम्मकै उच्च वरीयता हो।
यसअघि ९१औं स्थानमा सीमित रहेको नेपाल यसपटक ऐतिहासिक प्रदर्शनका आधारमा ४६.४९ अंक जोड्दै १००औं स्थानबाट सिधै ८७औं स्थानमा पुगेको हो। यसले नेपाललाई एसियाली देशहरूबीच १६औं स्थानमा पुर्याएको छ।
नेपालको यो सफलताको प्रमुख कारण हालै सम्पन्न महिला एसियन कप छनोट हो, जहाँ नेपाली टोलीले श्रीलंकालाई हरायो, लाओसलाई हरायो र बलियो टिम उज्बेकिस्तानसँग बराबरी खेल्दै उच्च प्रदर्शन गर्यो।
फिफा वरीयताको शीर्ष स्थानमा यसपटक स्पेन उक्लिएको छ भने पूर्व नम्बर एक अमेरिका दोस्रो स्थानमा झरेको छ।