सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इन्टर मियामी लिग्स कप २०२५ को क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ।
बिहीबार सम्पन्न प्रतिस्पर्धामा मियामीले पुमाज युएनएएमलाई ३-१ को स्पष्ट अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्यो।
लियोनेल मेसीको अनुपस्थितिमा पनि इन्टर मियामीले आक्रामक प्रदर्शन गर्यो। टोलीका लागि रोड्रीगो डी पाउल, लुइस स्वरेज र टाडेओ अल्लेन्डले एक/एक गोल गर्दै जित सुनिश्चित गरे। विपक्षी पुमाजका तर्फबाट भने जर्ज रुभालकाबाले एकमात्र सान्त्वना गोल फर्काए।
लिग्स कप मेजर लिग सकर (एमएलएस) र मेक्सिकोको लिगा एमएक्सबीचको संयुक्त प्रतियोगिता हो, जहाँ दुबै लिगका ३६ क्लबले प्रतिस्पर्धा गर्दछन्।