hERO hERO

भुटानसंगको बराबरीले नेपाललाई धक्का 

बुधबार, साउन २१, २०८२

काठमाडौँ :यु–२० महिला एसियन कप छनोटमा नेपाललाई ठूलो धक्का लागेको छ ।

प्रतियोगिता अन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा भुटानसंग १–१ को बराबरी खेलेसंगै नेपाल एसियन कपको १२औं संस्करणमा छनोट हुने सम्भावनामा गम्भिर धक्का लागेको हो । पछिल्लो दुई भेटमा भुटानको पोस्टमा १४ गोल गरेको नेपालले यसपाली कुनै पनि राम्रो आक्रमण गर्न सकेन् । सेनु परियारको गोलमा खेल सुरु भएको ४० सेकेन्डमै अग्रता दिलाएपनि त्यसपछि कुनै पनि आक्रमण हुन सकेन ।

खेलको १८औं मिनेटमा भुटानी केल्देन वाङ्मोले बराबरी गोल गर्दै नेपाललाई अगाडी बढ्न दिईनन् । बराबरीसँगै अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपको १२औं संस्करणमा छनोट हुने नेपालको लक्ष्यमा धक्का पुगेको छ ।

आजै भएको पहिलो खेलमा उत्तर कोरियाले साउदी अरेबियामाथि १५–० को सानदार जित हासिल छ । नेपालले अब दोस्रो खेलमा शुक्रबार साउदी अरेबियासँग खेल्नेछ । 
 

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  २०:०७
प्रतिक्रिया दिनुहोस्