सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:यू–२० एएफसी महिला एसियन कप छनोट फुटलबमा अहिले नेपाल र भुटानबीच प्रतिस्पर्धा भइरहेको छ ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा जारी खेलमा नेपालले भुटानबिरुद्ध १–० को अग्रता बनाएको छ । खेलको ४० औँ सकेण्डमा सेनु परियारले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । सेनुले गरेको गोल प्रतियोगितामा सर्वाधिक छिटो गोल पनि हो । आजै भएको पहिलो खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५–० गोलले हराएको छ ।
कुल आठ समूह रहेका छनोट चरणमा समूह विजेताहरू स्वतः एसियन कपका लागि छनोट हुनेछन्। समूह उपविजेता टोलीहरूमध्ये उत्कृष्ट तीन राष्ट्र पनि एएफसी यू–२० महिला एसियन कप २०२५ का लागि छनोट हुने छन् ।
प्रतियोगिताको फाइनल चरण सन् २०२५ मा थाइल्याण्डमा हुनेछ । जसमा १२ टोली सहभागी हुनेछन् ।