सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौ:एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ को खेल आजदेखि भुटानमा सुरु हुँदैछ। पहिलो खेलमा नेपालले आयोजक भुटानविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको यात्रा प्रारम्भ गर्नेछ।
खेल नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुनेछ। प्रत्यक्ष प्रसारण भुटान फुटबल फेडेरेसनको युट्युब च्यानल मार्फत हेर्न सकिनेछ।
आजै समूह ‘ए’ अन्तर्गत दोस्रो खेलमा उत्तर कोरिया र साउदी अरेबियाविरुद्ध दिउँसो १:४५ बजे प्रतिस्पर्धा हुनेछ।
समूह ‘ए’ मा नेपालसहित भुटान, साउदी अरेबिया र उत्तर कोरिया रहेका छन्। नेपालले समूह चरणमा तीन खेल खेल्नेछ —
अगस्ट ६: नेपाल विरुद्ध भुटान
अगस्ट ८: नेपाल विरुद्ध साउदी अरेबिया
अगस्ट १०: नेपाल विरुद्ध उत्तर कोरिया
छनोट प्रतियोगिता अगस्ट ६ देखि १० सम्म भुटानमा आयोजना हुँदैछ।
कुल आठ समूह रहेका छनोट चरणमा समूह विजेताहरू स्वत: एसियन कपका लागि छनोट हुनेछन्। साथै, समूह उपविजेता टोलीहरूमध्ये उत्कृष्ट तीन राष्ट्र पनि एएफसी यू–२० महिला एसियन कप २०२५ का लागि छनोट हुने छन्।
प्रतियोगिताको फाइनल चरण सन् २०२५ मा थाइल्याण्डमा हुनेछ, जसमा १२ टोली सहभागी हुनेछन्। आयोजकको हैसियतमा थाइल्याण्डले सिधा स्थान सुरक्षित गरिसकेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताका लागि बिर्साना चौधरीको कप्तानीमा २३ सदस्यीय नेपाली टोली भुटान पठाएको छ।