सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौ:पोर्चुगल फुटबलमा गहिरो छाप छाडेका पूर्व कप्तान जर्ज कोस्टाको हृदयघातका कारण ५३ वर्षको उमेरमा निधन भएको छ। पोर्टो क्लबको प्रशिक्षण केन्द्रमै सोमबार बिहान उनलाई अचेत अवस्थामा फेला पारिएको थियो। बीबीसीका अनुसार उपचारको प्रयास गरिए पनि उनको ज्यान जोगाउन सकिएन।
जर्ज कोस्टा पोर्टो क्लबकै एकेडेमीबाट हुर्किएका थिए र सीनियर टिममा ३२४ खेल खेलेका थिए। उनले क्लबसँगै युईएफए च्याम्पियन्स लिग, युईएफए कप, आठ प्राइमिरा लिगा उपाधि सहित कुल २४ ट्रफी जितेका थिए।
विशेषगरी सन् २००४ मा जोसे मोरिन्होको नेतृत्वमा च्याम्पियन्स लिग जित्ने पोर्टो टोलीमा उनी केन्द्रिय रक्षकको रूपमा मुख्य भूमिका निभाएका थिए। २००१–०२ सिजनमा उनलाई इंग्लिस प्रिमियर लिग क्लब चार्लटनले ऋणमा अनुबन्ध गरेको थियो।
खेल जीवनबाट अवकाश लिएपछि कोस्टा व्यवस्थापन क्षेत्रमा सक्रिय बने। उनले हालसम्म १६ वटा क्लब तथा राष्ट्रिय टिममा प्रशिक्षकको भूमिका सम्हालेका थिए। सन् २०२३ मा उनी पोर्टो क्लबको व्यावसायिक फुटबल निर्देशक नियुक्त भएका थिए।
उनको निधनले फुटबल जगतलाई स्तब्ध बनाएको छ। जोसे मोरिन्हो, डेको, पेपे, ब्रागालगायत फुटबल हस्तीहरूले गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्। डेकोले कोस्टालाई महान कप्तान र पोर्टोको प्रतीकू भन्दै सम्झेका छन्।