hERO hERO

भुटानरिुद्द खेल्न नेपाल फीट छ :प्रशिक्षक गुरुङ

मंगलबार, साउन २०, २०८२

काठमाडौँ :एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाल उच्च मनोबलका साथ मैदान उत्रने भएको छ ।

प्रतियोगिता अघि आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले भुटानविरुद्ध खेल्न नेपाल तयार रहेको बताएका छन् । कप्तान बिर्सना चौधरीलेले पनि नेपाली टोली उच्च लयका साथ मैदान उत्रन तयार रहेको बताएकी छन् ।

नेपालले प्रतियोगिताको पहिलो खेल भोली साँझ ५ः४५ बजे घरेलु टोली भुटानसंग खेल्नेछ । प्रतियोगिता थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुनेछ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्