सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटका लागि नेपाली यू–२० महिला टोलीलाई बुधबार विदाई गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राई लगायतले टोलीलाई बिदाइ गरे।
टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले यसपटक पहिलेका कमजोरी सुधारेर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। कप्तान विर्सना चौधरीले पनि तयारी सकारात्मक रहेको बताउँदै नेपालको पक्षमा नतिजा आउने दाबी गरिन्।
नेपाली टोलीले भदौ २३ देखि २८ गतेसम्म भुटानमा आयोजना हुने छनोट खेल्नेछ। नेपाल समूह ‘बी’ मा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ। छनोटबाट समूह विजेताहरूले आगामी वर्ष हुने एएफसी यू–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान पाउनेछन्।