सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं : एएफसी यू-२० महिला एसियाली कप छनोटका लागि नेपाली राष्ट्रिय यू-२० महिला फुटबल टोलीको अन्तिम २३ सदस्यीय सूची सार्वजनिक गरिएको छ। बिर्साना चौधरीको कप्तानीमा घोषणा गरिएको टोलीले आगामी अगस्ट ६ देखि ११ सम्म भुटानमा आयोजना हुने छनोट प्रतियोगितामा सहभागी हुनेछ।
नेपाललाई समूह 'बी' मा उत्तर कोरिया, भुटान र साउदी अरेबियासँग राखिएको छ। यस चरणको खेलमार्फत एसियाली कपको अर्को चरणमा स्थान बनाउने लक्ष्य नेपालले लिएको छ।
नेपाली टोली यसप्रकार छन्: गोलकिपर: – लिला जोशी – करुण बुढाथोकी – सुजाता तामाङ
डिफेन्डर: – सरिता कुमारीनाथ – माया मास्के – सेमिहाङ लिम्बु पण्डक – सिमरन राई – सजिना स्याङ्तान – गंगा रोकाया – अनिशा राई – सीता रोकाया
मिडफिल्डर: – कविता गुरुङ – सुशीला केसी – अस्मिता गुरुङ – बिर्साना चौधरी (कप्तान) – सेनु परियार
फरवार्ड: – कुसुम खतिवडा – सुक्रिया मिया – मनिषा सेन – वर्षा ओली – पूर्णिमा राई – मीना देउवा – समीक्षा मगर
नेपालले छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। प्रशिक्षक टिमले टोली छनोटमा युवा प्रतिभा र अनुभवबीच सन्तुलन मिलाउने प्रयास गरेको बताइएको छ।