hERO hERO

फुटबल फर स्कूल्समा जोडिइन् आस्था राउत

शुक्रबार, साउन ९, २०८२

काठमाडौँ :विश्व फुटबल महासंघ फिफाको पहलमा नेपालमा पहिलो पटक ‘फुटबल फर स्कूल्स’ कार्यक्रम हुने भएको छ ।

आगामी ३१ जुलाईमा दशरथ रंगशालामा औपचारिक रूपमा कार्यक्रम सुरु हुने अखिल नेपाल फुटबलसंघ एन्फाले जनाएको छ । फिफा र युनेस्कोको सहकार्यमा संचालन हुने यो अभियानले विद्यालय शिक्षा प्रणालीमा फुटबललाई समेट्ने लक्ष्य लिएको छ।

यस कार्यक्रममार्फत बालबालिकामा जीवन कौशल विकास, समावेशीकरण प्रवद्र्धन र खेलमार्फत स्वस्थ जीवनशैली प्रोत्साहन गरिनेछ ।

कार्यक्रमलाई आकर्षक बनाउन चर्चित गायिका आस्था राउतले विशेष प्रस्तुति दिने भएकी छन् । यसकालागि एन्फा र आस्था राउतबीच आज सम्झौता भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्