hERO hERO

काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल तेस्रो

बुधबार, साउन ७, २०८२

काठमाडौँ :नेपालको हेल्प नेपाल क्लब सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियन्स लिगमा तेस्रो भएको छ ।

बुधवार माल्दिभ्सको मालेमा सम्पन्न तेस्रो स्थानको खेलमा श्रीलंका पोट्र्स अथोरिटीलाई ३–१ को सेटमा पराजित गर्दै हेल्प नेपालले तेस्रो स्थानसंगै कास्य पदक हात पारेको छ ।

हेल्प नेपालले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१५ ले जित्दै २–० को अग्रता बनाएको थियो। तेस्रो सेट २०–२५ ले श्रीलंकाले जिते पनि चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले जित सुनिश्चित गरेको हो ।

क्लबस्तरीय प्रतियोगितामा लिग चरणमा तेस्रो स्थान हासिल गरेको हेल्प नेपालले त्यसपछि चौथो स्थानको श्रीलंका पोट्र्ससँग कास्य पदकको लागि प्रतिस्पर्धा गरेको थियो।

छ टोली सहभागी प्रतियोगितामा हेल्प नेपाल किर्गिस्तानको बिस्केक क्लबसँग मात्रै पराजित भएको थियो । 
 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  २१:५६
प्रतिक्रिया दिनुहोस्