हेल्प नेपालले हरायाे कजकस्तानलाई

सोमबार, साउन ५, २०८२

माले:माल्दिभ्समा जारी काभा च्याम्पियन्स लिगमा नेपाली टोली हेल्प नेपाल स्पोर्ट्स क्लबले कजाकस्तानको जाएक भिसीमाथि ३–२ को रोमाञ्चक जित दर्ता गर्‍यो । यो जितसँगै जाएकको तीन खेलसम्मको अपराजित यात्रा रोकिएको छ ।

मालेको सोसल सेन्टरमा भएको प्रतिस्पर्धात्मक खेलमा हेल्प नेपालले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट सुरुआत गर्‍यो । त्यसपछि जाएकले दोस्रो र तेस्रो सेट २५–१८ र २५–२३ ले जितेर खेलमा अग्रता लियो ।

तर हेल्प नेपालले चौथो सेट २५–१८ ले सहजै जित्दै खेललाई २–२ को बराबरीमा ल्यायो । पाँचौं तथा निर्णायक सेटमा १५–११ को जित निकाल्दै हेल्प नेपाल विजयी बन्यो ।

यस जितसँगै हेल्प नेपालले शीर्ष दुईमा परेर फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । उसले अहिलेसम्म चार खेलमा तीन जित र एक हारबाट ८ अंक जोडेको छ । जाएकले पहिलो हार व्यहोरे पनि चार खेलबाट १० अंक जोडेर शीर्ष स्थानमै छ ।

हेल्प नेपालले अब लिग चरणको अन्तिम खेल मंगलबार श्रीलंकन क्लब पोर्ट अथोरिटीविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्