काभा  भलिबल :किर्गिस्तानसंग हार्‍यो हेल्प नेपाल

शनिबार, साउन ३, २०८२

काठमाडौं :माल्दिभ्समा जारी काभा च्याम्पियन्स लिग भलिबल प्रतियोगितामा हेल्प नेपाल स्पोर्ट्स क्लबले आफ्नो तेस्रो खेलमा हार बेहोरेको छ।

शनिबार मालेस्थित सोसल सेन्टरमा भएको खेलमा हेल्प नेपाल किर्गिस्तानको बिस्केक(किर्गिस्तानसँग ३-२ को सेटमा पराजित भयो।

खेलको पहिलो सेट बिस्केकले २५(२० ले जित्दै अग्रता लिएको थियो। दोस्रो सेटमा हेल्प नेपालले टाईब्रेकसम्म पुर्‍याएर २८-२६ ले सेट आफ्नो पक्षमा पार्दै खेलमा बराबरी गर्‍यो।

तर, तेस्रो सेटमा बिस्केकले पुनस् २५-२० को जित निकाल्दै २-१ को अग्रता बनायो। चौथो सेटमा भने हेल्प नेपालले प्रभावशाली खेल प्रदर्शन गर्दै २५-१७ ले सेट जितेर खेललाई पाँचौँ तथा निर्णायक सेटसम्म पुर्‍यायो।

निर्णायक पाँचौँ सेटमा भने हेल्प नेपाल १५-११ ले पछि पर्दै पराजित हुन पुग्यो।

यसअघि हेल्प नेपालले माल्दिभ्सकै भिवेही सिफाइन्ज र क्लब एचडिसीलाई हराउँदै लगातार दुई खेलमा जित हात पारेको थियो।

हालसम्म बिस्केकले लगातार तीन खेल जित्दै ८ अंक जोडेर शीर्ष स्थानमा कब्जा जमाएको छ भने हेल्प नेपाल ६ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्