सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ।
शुक्रबार राति भएको खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई ३–१ को सेट अन्तरले पराजित गरेको हो।
यसअघि पहिलो खेलमा हेल्प नेपालले माल्दिभ्सकै धिवेही सिफाइन्गे क्लबमाथि ३–२ को कडा जित निकालेको थियो। दोस्रो जितसँगै हेल्प नेपालले समूह चरणमा बलियो प्रदर्शन गरेको छ।
एचडिसीविरुद्धको खेलमा हेल्प नेपालले पहिलो सेट सहजै आफ्नो पक्षमा पार्दै २५–१९ को जित हात पार्याे। दोस्रो सेटमा भने केही कडा प्रतिस्पर्धा भए पनि अन्तिममा हेल्प नेपालले २५–२३ को नतिजा निकाल्दै २–० को अग्रता बनायो।
तेस्रो सेटमा भने हेल्प नेपाल कमजोर देखियो र १९–२५ ले सेट गुमायो। त्यसपछि एचडिसीले खेलमा फर्कने संकेत देखाए पनि चौथो सेटमा हेल्प नेपालले कुनै मौका नदिँदै २५–२२ को जितसाथ खेल ३–१ ले आफ्नो पक्षमा पार्यो।