T10 T10

एभरेष्ट महिला भलिबलको अक्सन आज, ६८ खेलाडी सहभागी

शुक्रबार, साउन २, २०८२
Global

काठमाडौँ : एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको अक्सन आज (बिहीबार) हुँदैछ। महिला भलिबलमा पहिलोपटक हुन लागेको यस्तो प्रकारको अक्सन कार्यक्रम दिउँसो ३ बजेदेखि सुरु हुने आयोजक इन्फिनिटी ड्रिम्सले जनाएको छ।

यसपटकको अक्सनमा कुल ६८ खेलाडीलाई तीन समुहमा विभाजन गरिएको छ – समुह ए (१३ खेलाडी), समुह बी (४३ खेलाडी), र समुह सी (१८ खेलाडी)। अक्सनको नियमअनुसार प्रत्येक फ्रेन्चाइजिले समुह ए बाट १, समुह बी बाट ३, र समुह सी बाट २ खेलाडी अनिवार्य रुपमा छनोट गर्नुपर्नेछ।

समुह ए मा रहेका १३ मध्ये ६ खेलाडीलाई 'मार्की खेलाडी' को रुपमा फ्रेन्चाइजिले सिधै चयन गर्नेछन् भने बाँकी ७ खेलाडी अक्सन प्रक्रिया मार्फत छनोट हुनेछन्।

यस संस्करणमा सहभागी टिमहरू:

  • मधेश युनाइटेड
  • ललितपुर क्विन्स
  • काठमाडौं स्पाईकर्स
  • पोखरा निन्जाज
  • चितवन शक्ति
  • कर्णाली यशविस
  • लुम्बिनी लाभा (नयाँ टोली)

गत वर्ष सम्पन्न पहिलो संस्करणमा कर्णाली यशविसले उपाधि जितेको थियो। फाइनलमा उसले ललितपुर क्विन्सलाई पराजित गर्दै च्याम्पियन बनेको थियो।

दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० गतेदेखि २८ गतेसम्म आयोजना हुनेछ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ०७:०७
प्रतिक्रिया दिनुहोस्