T10 T10

काभा च्याम्पियन्स लिग: हेल्प नेपालको पहिलो भिडन्त धिवेही सँग

मंगलबार, असार ३१, २०८२
Global

काठमाडौ : काभा च्याम्पियन्स लिग भलिबल प्रतियोगितामा नेपाली प्रतिनिधि हेल्प नेपाल स्पोर्ट्स क्लब आफ्नो अभियान जुलाई १७ मा माल्दिभ्सको धिवेही स्फाइन्स क्लब विरुद्ध खेल्दै सुरु गर्ने भएको छ।

काभा (CAFA) ले मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार हेल्प नेपालले लिग चरणको दोस्रो खेलमा पनि माल्दिभ्सकै अर्को क्लब एचडिसी सँग प्रतिस्पर्धा गर्नेछ।

छ राष्ट्र, एक उपाधि
काभा च्याम्पियन्स लिगमा सेन्ट्रल एसिया क्षेत्रका ५ राष्ट्रबाट ६ क्लब सहभागी छन्। लिग सिंगल राउण्ड रोबिन फारम्याटमा हुनेछ, जसमा प्रत्येक क्लबले एक–अर्कासँग एक पटक खेल्नेछ।

उपाधि र प्लेअफ समीकरण

  • लिग चरणपछि शीर्ष दुई क्लबले फाइनल खेल्नेछन्।
  • तेस्रो र चौथो स्थानमा रहने क्लबबीच तेस्रो स्थानका लागि छुट्टै खेल हुनेछ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  ०७:४४
प्रतिक्रिया दिनुहोस्