T10 T10

पहिलो पटक महिला भलिबल लिगका लागि खेलाडी अक्सन

सोमबार, असार ३०, २०८२
Global

काठमाडौँ :नेपालको भलिबल इतिहासमा पहिलो पटक महिला फ्रेन्चाइज भलिबल लिगका लागि खेलाडी अक्सन हुने भएको छ।

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) को दोस्रो संस्करणका लागि साउन २ गते काठमाडौंमा अक्सन आयोजना गरिने इन्फिनिटी ड्रिम्सले जनाएको छ।

प्रत्यक्ष बोलकबोल प्रक्रियामार्फत फ्रेन्चाइज टोलीहरूले राष्ट्रिय स्तरका साथै नयाँ प्रतिभावान् खेलाडीहरूलाई आफ्नो टिममा अनुबन्ध गर्नेछन्। आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार यो अक्सन नेपाली महिला भलिबललाई नयाँ युगतर्फ उन्मुख गराउने ऐतिहासिक अवसर हुनेछ।

इन्फिनिटी ड्रिम्सकी सिईओ स्नेही चापागाईंका अनुसार, “महिला भलिबलको व्यावसायिक यात्रा यहींबाट नयाँ मोड लिन्छ। पहिलो पटक अक्सनमार्फत खेलाडी अनुबन्ध प्रक्रिया अघि बढ्ने भएको छ, जुन नेपाली भलिबलको लागि ऐतिहासिक छ।”

इडब्लुभीएलको दोस्रो संस्करण भदौ २० गतेदेखि सुरु हुनेछ। यसपटक साविक विजेता कर्णाली यशवीससँगै गण्डकी थन्डर्स, चितवन शक्ति, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स र मधेश युनाइटेड प्रतिस्पर्धामा हुनेछन्।

पहिलो संस्करणमा कर्णाली यशवीसले उपाधि जितेको थियो।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्