सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :माल्दिभ्समा हुने काभा मेन्स च्याम्पियन्स लिगमा सहभागिता जनाउन जाँदै गरेको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई एक कार्यक्रमबीच बिदाई गरिएको छ । नेपाल भलिबल संघ (एनभीए)ले शनिबार राजधानीमा कार्यक्रम आयोजना गरी टोलीलाई शुभकामना सहित बिदाई गरेको हो ।
बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, बोर्ड सदस्य जगत धामी, तालिम तथा प्रशिक्षण विभाग प्रमुख विष्णु बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो ।
एनभीए राष्ट्रिय क्लब भलिबल लिगमा च्याम्पियन बनेपछि हेल्प नेपालले काभा च्याम्पियन्स लिगको टिकट पाएको हो । आगामी जुलाई १७ देखि २३ सम्म माल्दिभ्सको मालेमा हुने उक्त प्रतियोगितामा नेपालसहित श्रीलंका, माल्दिभ्स, कजाखस्तान र किर्गिस्तानका च्याम्पियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
क्लबले नेपाल पुलिस क्लब र एपीएफ क्लबबाट खेलाडीहरू अनुबन्ध गरेर टोलीलाई थप बलियो बनाएको छ । यसपटक दुई पाकिस्तानी खेलाडीसमेत टोलीमा समावेश छन् ।
कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव घिसिङले क्लबलाई सफल यात्रा र उत्कृष्ट नतिजाको शुभकामना दिएका थिए । उनले हेल्प नेपालले चुनौतीपछाडि चुनौती पार गर्दै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सम्म पुग्न सफल भएकोमा खुशी व्यक्त गरे ।
भलिबल संघका उपाध्यक्ष भरत शाहले हेल्प नेपालले क्लबकै मात्रै नभइ समग्र नेपाली खेलकुदको प्रतिनिधित्व गर्दै नयाँ इतिहास बनाउन सक्ने विश्वास व्यक्त गरे ।
टोली सोमबार माल्दिभ्स प्रस्थान गर्ने छ । कप्तान सुबास कुँवरको नेतृत्वमा जाने खेलाडीहरूको नामावली यसप्रकार छ :
टोलीका अफिसियलहरूमा प्रमुख प्रशिक्षक उत्सव खड्का, सहायक प्रशिक्षक सुजन केसी र राजन कुमार उपाध्याय रहेका छन् । व्यवस्थापक झम्क नारायण श्रेष्ठ र रेफ्री विकास गुरुङ पनि टोलीमा छन् ।