सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
नवलपुर : इन्द्रावती गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिता को उपाधि वडा नं ५ ले हात पारेको छ। राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नारा सहित वडा नम्बर ७ खेलकुद विकास समिति को आयोजनामा सम्पन्न प्रतियोगितामा वडा नम्बर ४ लाई ३-१ को सेटमा पराजित गर्दै वडा नम्बर ५ ले उपाधि कब्जा गरेको हो।
सहित स्मृति कबर्ड हल इन्द्रावती ७ सिपापोखरीमा भएको प्रतियोगितामा प्रथम भएको वडा नम्बर ५ ले नगद ४० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र पाउँदा वडा नम्बर ४ ले २० हजार रुपैयाँमा चित्त बुझाएको छ । त्यस्तै वडा नम्बर १२ लाई ३-१ ले हराएर तेस्रो स्थान हासिल गरेको आयोजक वडा नम्बर ७ को बी टोलीले १० हजार पाएको छ।
यो सँगै वडा नम्बर ५ को यो पालिका स्तरीय भलिबल प्रतियोगिताको दोस्रो उपाधि हो। उसले यसअघि वडा नम्बर ५ को आयोजनामा ऐसेलुखार्क माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न अध्यक्ष कप भलिबलको उपाधि पनि हासिल गरेको थियो। उक्त प्रतियोगितामा भने वडा नम्बर ७ ले दोस्रो स्थान हासिल गरेको थियो।
प्रतियोगिताको समापन कार्यक्रम नेपाल सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली को प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको हो।