T10 T10

इन्द्रावतीमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै

बुधबार, असार ११, २०८२
Global


नवलपुर : इन्द्रावतीमा गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । इन्द्रावती गाउँपालिका वडा नम्बर ७ को युवा तथा खेलकुद शाखाको आयोजनामा  दोस्रो वडाध्यक्षकप रनिङ शिल्ड भलिबल प्रतियोगिता हुन लागेको हो । 

यही असार १२ बिहिबार देखि १४ गतेसम्म चल्ने प्रतियोगिता सहिद स्मृति कभर्ड हलमा संचालन हुने वडाध्यक्ष रविन्द्र खातीले जानकारी दिए। वडालाई भलिबलको हब बनाउने उदेश्यले प्रतियोगिता गर्न लागेको पनि उनले बताए । नव निर्मित उक्त कभर्ड हलमा पहिलो पटक भलिबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा इन्द्रावती गाउँपालिका का १२ वटा वडाबाटै सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

प्रतियोगितामा प्रथम हुनेले  ४० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्