T10 T10

एभरेष्ट महिला भलिबल लिग भदौमा

शुक्रबार, असार ६, २०८२
Global

काठमाडौँ :एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) आयोजना हुने भएको छ।

आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो।

नेपाल भलिबल संघ (एनभीए)ले प्रतियोगिताको मिति अनुमोदन गरिसकेको र त्यस अनुसार तयारी तीव्र रुपमा अघि बढाइएको आयोजकको भनाइ छ।

गत वर्ष पहिलोपटक आयोजना भएको इडब्लुभिएलको उपाधि कर्णाली यशविसले जितेको थियो। त्यस संस्करणमा ६ फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा भएको थियो। यसपटक पनि त्यति नै वा बढी टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्