ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दश बर्षपछि कोलकातालाई आर्एपिएलको तेस्रो उपाधि

हैदरावाद ८ विकेटले पराजित
आइतबार, जेठ १३, २०८१

काठमाडौ : १७ औँ संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि कोलकाता नाईट राईडर्सले जितेको छ । आईतवार राती भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाताले १० बर्षपछि तेस्रो पटक उपाधि उचालेको हो ।

जितकालागि आईपिएल इतिहासमा हैदरावादले दिएको सबैभन्दा कम ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर भेटायो ।

कोलकाताको जितमा वेन्कटेश अय्यरले सर्वाधिक ५२ रनको योगदान गरे ।  रहमानउल्लाह गुरबाजले ३९ तथा सुनिल नारायणले ६ रन जाडे ।

त्यसअघि एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस जितेर सुरुवाती ब्याटिङ थालेको हैदरावादले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो । आईपीएलको ईतिहासमा फाइनल खेलमा हैदरावादले बनाएको यो सबैभन्दा कम स्कोर हो । यसअघि सन् २०१३ मा चेन्नेई सुपर किङ्गसले सबैभन्दा कम १२५ रन बनाएको थियो ।

हैदराबादका लागि कप्तान प्याट कमिन्सले  सर्वाधिक २४ रनको योगदान गरे । एडेन मार्करामले २०, हेनरिक क्लासेनले १६ तथा नितिश कुमार रेड्डीले १३ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

हैदरावादलाई सस्तैमा समेट्ने क्रममा आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए । मिचेल स्टार्क र हर्षित राणाले २/२ विकेट लिए । सन् २०१२ र २०१४ मा गौतम गम्भीरको कप्तानीमा उपाधि उचालेको कोलकातालाई यस पटक कप्तान श्रेयस अय्यरले उपाधि दिलाएका हुन् । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  २२:४३
प्रतिक्रिया दिनुहोस्