सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
पाेखरा : पोखरामा सम्पन्न प्रचण्ड कपको उपाधी नेपाल सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ । एपिएफले पुलिस क्लबलाई सोझो सेटमा पराजित गरि पहिलो संस्करणको प्रचण्ड कपकाे च्याम्पियन बनेको हो ।
नेसनल स्पोट्र्स एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा सशस्त्रले तीनै सेटमा पुलिसलाई निराश बनायो । पहिलो सेट २५–१९ मा पराजित पुलिस दोस्रो सेट २५–२० को स्कोरमा पराजित भयो । तेस्रो सेटमा २५–१३ को स्कोर बनाउँदै एपिएफले उपाधि जितेको हो । प्रतियोगिताको विजेता एपीएफले नगद ६ लाख पुरस्कार पाएको छ ।
उपविजेता नेपाल पुलिस क्लवले ३ लाख प्राप्त गर्दा तेस्रो भएको न्यु डायमण्डले १ लाख पाएको छ । आजै भएको तेस्रो स्थानको प्रतिस्पर्धामा एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा हराएर न्यु डायमण्ड तेस्रो भएको हो । प्रतियोगितामा ६ टिम सहभागी थिए ।