yt yt

यस्तो छ युवा तथा खेलकुद मन्त्रालयको बजेट (२०८२/०८३) पूर्णपाठ सहित

बिहीबार, जेठ १५, २०८२

काठमाडौँ :आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सरकारले युवा र खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै ऐतिहासिक वृद्धि गरेको छ।
युवालाई उद्यमशीलता, स्वरोजगार र सामाजिक सेवातर्फ प्रेरित गर्दै राष्ट्रिय स्वयंसेवक अभियानदेखि स्काउट कार्यक्रमसम्मका योजनाहरू अघि सारिएका छन्।
खेल क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका रंगशाला, स्तरोन्नतिको योजना र महिला सहभागितालाई जोड दिँदै करिब रु. ६ अर्ब ८ करोडको बजेट विनियोजन गरिएको छ।

यस्ताे छ युवा क्षेत्रमा बजेटका मुख्य बुँदा:

🔹 कुल बजेट
💰 रु. ६ अर्ब ८ करोड

गत वर्ष (२०८१/०८२): रु. ३ अर्ब ५० करोड

करीब दोब्बर वृद्धि

राष्ट्रिय स्वयंसेवक परिचयपत्र

  • १६ वर्षमाथिका युवालाई परिचयपत्र प्रदान गरिने
  • शिक्षा, स्वास्थ्य, जागरण, वातावरण, उद्धारमा प्रशिक्षणसहित परिचालन गरिने

स्वरोजगार र उद्यमशीलता

  • शिक्षित युवालाई रु. २ लाखदेखि २० लाखसम्म
  • ३% ब्याजदरमा विनाधितो कर्जा उपलब्ध
  • स्काउट कार्यक्रम
  • बालबालिका र युवायुवतीलाई कर्तव्यपरायण, अनुशासित र स्वावलम्बी बनाइ सामाजिक सेवामा संलग्न गरिने

 खेलकुद क्षेत्रमा बजेटका मुख्य बुँदा:
खेलाडी विकास

  • “म जित्न सक्छु” भन्ने मनोबल विकास गर्न निरन्तर प्रशिक्षण र प्रतियोगिता
  • खेलाडी र प्रशिक्षकलाई दिइने प्रोत्साहन भत्ता निरन्तरता
  • पदक विजेता खेलाडी र उनीहरूको सन्ततिलाई शैक्षिक छात्रवृत्ति

महिला खेलकुद प्रवर्द्धन

  • महिला लक्षित प्रशिक्षण र अभ्यास कार्यक्रम
  • उत्कृष्ट महिला खेलाडीलाई विशेष पुरस्कार

खेल पूर्वाधारमा लगानी वृद्धि

  • निजी क्षेत्रलाई पूर्वाधारमा लगानी गर्न आकर्षित गरिने
  • पूर्वाधारमा सडक, खानेपानी, विजुलीको पहुँच सुनिश्चित

ठूला पूर्वाधार योजनाहरू

  • झापाको दमकमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण
  • सोलुखुम्बु, मुस्ताङ, जुम्लामा हाइ अल्टिच्युड स्पोर्टस् स्टेडियम
  • मूलपानी, गिरिजाप्रसाद, फाप्ला, सिद्धार्थ क्रिकेट रंगशालामा रु. ४२ करोड
  • कीर्तिपुर रंगशाला स्तरोन्नतिका लागि रु. ४० करोड
  • गौतम बुद्ध रंगशालाका सम्पत्ति खरिदमा सशर्त अनुदान

राष्ट्रिय प्रतियोगिता र संस्था

  • दशौं राष्ट्रिय खेलकुद (सुर्खेत) आयोजनामा रु. ५४ करोड
  • राष्ट्रिय एन्टीडोपिङ एजेन्सी सञ्चालनका लागि बजेट
  • प्रत्येक प्रदेशमा ३ वटा विद्यालयमा स्पोर्ट्स एकेडेमी सञ्चालन

सरकारले ल्याएको बजेटको पूर्णपाठ हेर्नुहोस :

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्