सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडाैँ : नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिलातर्फ नेपाल पुलिस क्लव अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ । आज भएको बिभागिय डर्वीमा एपएिफलाई हराउँदै पुलिसले शिर्ष स्थान ओगटेको हो । त्रिभुवन आर्मी क्लवलाई हराएको न्यू डायमण्ड दोस्रो स्थानमा छ ।
पोखरा रङ्गशालाको कभर्ड हलमा भएको आजको खेलमा नेपाल पुलिस क्लवले एपिएफ लाई र डायमन्डले त्रिभुवन आर्मी क्लवलाई ३–१ को सेटमा हरायो । लगातार ३ खेल जीतेका दुबै टोलीको समान समान ९ अंक भए पनि सेटको आधारमा पुलिस पहिलो र न्यू डायमण्ड दोस्रो स्थानमा रहेको हो । हालसम्म दुबै टोलीले खेलेको १० सेट मध्ये पुलिसले १ सेट गुमाएको छ भने न्यू डायमण्डले २ सेटमा हार ब्यहोरेको छ ।
यस्तै प्रतियोगिताको पुरुषतर्फका आजको खेलमा पुलिस र हेल्प नेपाल बिजयी भएका छन् । पुलिसले सुदुरपश्चिम प्रदेश र हेल्प नेपाल कोशी प्रदेशलाई सोझो सेटमा हराएको हो । यो समाचार तयार पार्दासम्म गण्डकी प्रदेश र मणिमुकुन्द भलिववल क्लव बिच खेल भइरहेको छ ।
नेपाल भलिबल सङ्घको आयोजनामा आउँदो १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । सबैले एकअर्कासँग खेलेपछि अङ्क तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।