T10 T10

उपाधीका लागि पुलिस र एपीएफ भिड्ने 

शुक्रबार, वैशाख १२, २०८२
Global

काठमाडौँ :नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ क्लब  आठौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 
नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो। यस अघि टिप टप न्यु डाइमण्ड स्पोट्र्स युथ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाएको थियो । फाइनल
 खेल भोलि हुनेछ । 
विजेताले नगद ४ लाख ९९ हजार उपविजेताले रु. लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। 
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकले जनही २५ हजार प्राप्त गर्नेछ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्