सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :डढेलधुरा अर्जुन ट्रफि राष्ट्रिय टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको सेमिफाइनलमा बुटवलविरुद्ध ५ विकेटको शानदार जित निकाल्दै डढेलधुराले फाइनलमा स्थान बनाएको हो । जितकालागि बुटबलले दिएको ८३ रनको सामान्य लक्ष्य डढेलधुराले १५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
डढेलधुराको जितमा कुशल भुर्तेलले सर्बाधिक ४६ रनको योगदान गरे । आयुश्मान बमले १६ रन बनाए ।
त्यसअघि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान धनगढीमा टस जितेर पहिले ब्याटिङ थालेको बुटबल १६.१ ओभरमा ८२ रनमा अलआउट भएको थियो ।उसकालागि आ।िफ खानले बनाएको २० रन नै सर्वाधिक रह्यो । दिपक डुम्रेले १८ तथा निश्चल ज्ञवालीले १४ रन बनाएपनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् ।
बुटवललाई सस्तैमा समेट्ने क्रममा कुशल भुर्तेलले सर्वाधिक ५ विकेट लिए । अनय चोहानले तीन तथा हेमन्त धामी र अशोक धामीले एक-एक विकेट लिए ।