T10 T10

कर्णाली र जनकपुर फाईनल प्रवेशकालागि भिड्दै

बिहीबार, पुस ४, २०८१
Global

काठमाडौँ :नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो क्वालिफायर खेल आज हुँदैछ ।

आज खेल दिउँसो १२:१५ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । कर्णाली याक्सले चितवन राइनोजलाई हराउँदै  क्वालिफायरमा स्थान बनाएको हो भने  पहिलो क्वालिफायरमा पराजित हुँदै  जनकपुर बोल्ट्सले   इलिमिनेटरको विजेता  कर्णालीसँग भिडन्त तय गरेको हो।

विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ । पहिलो क्वालिफायरमा  जनकपुर बोल्ट्सलाई हराउँदै  सुदूरपश्चिम रोयल्स  फाइनलमा पुगिसकेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०६:५६
प्रतिक्रिया दिनुहोस्