T10 T10

एसिया रग्बीमा नेपालको दोस्रो हार

शुक्रबार, असोज १८, २०८१
Global

काठमाडौँ : एसिया रग्बी सेभेन्स ट्रफीमा नेपालको पुरुष टोलीले लगातार दोस्रो खेलमा हार व्यहोरेको छ ।

एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरू भएको खेलको पुरुषतर्फ बहराइनसँग नेपाल २७–७ ले पराजित भएको हो। नेपालको यो लगातार दोस्रो हार हो।

यसअघि उज्वेकिस्तानसँग नेपाली टोली २४–० को स्कोरमा पराजित भएको थियो। यस्तै महिलातर्फ पनि नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्