T10 T10
पेरिस ओलम्पिक

सन्तोषी श्रेष्ठले भंग गरिन् आफ्नै किर्तिमान

आइतबार, साउन १३, २०८१
Global

एजेन्सी : पेरिस ओलम्पिकमा नेपालबाट म्याराथन दौडमा सहभागी धाविका सन्तोषी श्रेष्ठले आफ्नै किर्तिमानी सुधार गरेकी छन् ।

यसअघि २ घण्टा ४६ मिनेट समय खर्चिदैँ आएकी उनले ६ मिनेट समय सुधार गरेकी हुन् । पेरिस ओलम्पिकमा उनले २ घण्टा ४० मिनेट भित्र दौड पुरा गरेकी हुन् । सुधारिएको प्रदर्शन गरेपछि श्रेष्ठको हौसला बढाउन बिभिन्न ब्यक्ति तथा संस्थाहरुले नगद सहयोगको घोषणा गरेका छन् ।

एथलेटिक्स परिवार नेपालका सल्लाहकार मोहन नेपालले ५० हजार,रामकृष्ण महर्जनबाट ३० हजार, बैकुन्ठ मान्नधर खेलकूद नेपालबाट २५ हजार, एथलेटिक्स परिवार, नेपालबाट २५ हजार, उपाध्यक्ष दिपक रन्जितबाट २५ हजार तथा नेपाल एडभेन्चर रनिडग महासंघका सदस्य सहदेव व्यन्जनकारबाट २० हजार रुपैयाँ उनलाई प्रदान गरिने भएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्