ADD FOR WEBSIDE ADD FOR WEBSIDE
कोपा अमेरिका :

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाईनलमा

बुधबार, असार २६, २०८१

एजेन्सी : क्यानडलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

मेटलाइफ स्टेडियम न्यू जर्सी मा बुधवार (आज) बिहान भएको खेलमा क्यानडमाथि २–० को जित निकाल्दै अर्जेन्टिनाले फाईनलमा स्थान बनाएको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनल मेस्सीले गोल गरे ।

खेलको २२ औँ मिनेटमा रोड्रिगो डे पाउलको मिठो असिस्टमा  अल्भारेजले गोल गरेका हुन् । लियोनल मेस्सीकोे प्रतियोगितामा  पहिलो गोल हो । उनले खेलको ५१ औँ मिनेटमा एन्जो फर्नान्डेजको सहयोगमा गोल गरेका हुन् ।

अन्तराष्ट्रिय फुटबलमा मेस्सीको यो १०९ औँ गोल हो । क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ता हुन् । उनले अहिले सम्म १३० गोल गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्