१०औँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न मुख्यमन्त्री कँडेलको निर्देशन

रंगशाला निर्माणलाई तीव्रता दिन आग्रह
आइतबार, चैत २९, २०८२
Global

काठमाडौं:- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रंगशालाको बाँकी काम तत्काल सम्पन्न गरी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा केन्द्रित हुन निर्देशन दिएका छन्। 
आइतबार आयोजित कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।
मुख्यमन्त्री कँडेलले रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन भइसकेकाले अब कुनै पनि बहानामा काम ढिलाइ गर्न नहुने कुरामा जोड दिए। उनले निर्माण व्यवसायी र सम्बन्धित सरोकारवालाहरूलाई समन्वयकारी भूमिका निर्वाह गर्दै छिटोभन्दा छिटो आयोजना हस्तान्तरण गर्ने वातावरण बनाउन आग्रह गरे। 
मुख्यमन्त्री कँडेलले रंगशाला निर्माण सम्पन्न भएसँगै कर्णालीमा खेलकुदका नयाँ अवसरहरू सिर्जना हुने र प्रदेशको खेल क्षेत्रले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे। उनले जिम्मेवार निकायहरूलाई आफ्नो कर्तव्यप्रति गम्भीर बन्दै परिणाममुखी काम गर्न समेत सचेत गराएका छन्।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्