ADD FOR WEBSIDE ADD FOR WEBSIDE
युराेकप फुटबल :

फ्रान्सलाई स्तब्ध पार्दै स्पेन युराेकपकाे फाईनलमा

बुधबार, असार २६, २०८१

एजेन्सी : फ्रान्सलाई स्तब्ध पार्दै स्पेन युराेकप फुटबलकाे फाईनलमा प्रवेश गरेकाे छ ।

जर्मनीको आलिआन्ज एरिनामा बुधवार बिहान भएको खेलमा फ्रान्स २-१ गाेलले पराजित भएको हाे । खेलकाे ८औँ मिनेटमा फ्रान्सका लागि रान्डल कोलो मुआनीले गोल गर्दै अग्रता दिलाएका थिए ।

२१ औं मिनेटमा लामाइन यामलको गाेल गर्दै स्पेनलाई १-१ काे बराबरीमा पुर्याए । त्यसकाे चार मिनेटपछि  दानी ओल्मोले स्पेनका लागि दोस्रो गोल गर्दै जित सुनिश्चत गरे । 

उपाधि दाबेदार मानिएको स्पेन चौथो पटक युरो च्याम्पियन बन्ने दाउमा छ ।

स्पेनले दोस्रो सेमिफाइनल खेल्ने इङ्ग्ल्यान्ड र नेदरल्यान्ड्सको विजेतासँग उपाधिका लागि  भिड्ने छन् । यी दुईबीचको खेल बुधवार राती हुनेछ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०६:३१
प्रतिक्रिया दिनुहोस्