T10 T10

नेपालका धावक रेवत दाहाललाई स्वर्ण पदक

शुक्रबार, असार १४, २०८१
Global

ढाकाः अन्तर्राष्ट्रिय खुल्ला भेट्रान्स एथ्लेटिक्स च्याम्पियन्सीप २०२४ अन्तर्गत १५०० मिटर दौडमा नेपालका धावक रेवत दाहालले स्वर्ण जितेका छन् । 
बंगलादेशको ढाकामा जारी प्रतियोगितामा शुक्रबार दाहालले उक्त दुरी ४ मिनेट ५४ सेकेण्डमा पार गर्दै प्रथम हुन सफल भएका हुन् । दौडमा बंगलादेशले रजत र भारतले कास्य पदक हात पारेका छन् । 

Rewat-Swarna-1719557837.jpg

यसअघि बिहीवार भएको ५ हजार मिटरको दौडमा दाहालले ५० वर्ष उमेर समुहबाट रजत पदक हात पारेका थिए । 
नेपालकै धावकद्वय बुद्धवीर लामा र धर्मराज महर्जनले स्वर्ण पदक जित्न सफल भएका थिए । प्रतियोगिता अन्तर्गत भोलि १ हजार मिटरतर्फ प्रतिष्पर्धा हुँदैछ । 

बंगलादेश भेट्रान्स एथ्लेटिक्स संघको आमन्त्रणमा नेपाल एथ्लेटिक्स एशोसिएशनले ६ जना धावकलाई नेपालको प्रतिनिधित्व गराउँदै ढाका पठाएको छ ।
बिहीबार र शुक्रबार भएको खेलमा नेपालले जम्मा तीन स्वर्ण, रजत र कास्य एक एकवटा हात पारेको छ । नेपालको प्रतिनिधि टोली १८ गते मंगलवार स्वदेश फर्कने तालिका छ ।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्