सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ को रनिङ्ग ट्रफी राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले जितेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा चैत्र ३० गते सम्पन्न प्रतियोगितामा ८ स्वर्ण, ५ रजत र ४ कास्य गरी कुल १७ पदक जितेर मातातीर्थ प्रथम भएको हो।
त्यस्तै, ७ स्वर्ण, ८ रजत र ६ कास्यसहित नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय द्वितीय र ४ स्वर्ण तथा २ रजतसहित नं. १ बराह बाहिनी मुख्यालय तृतीय भए। समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विजयी टिम तथा खेलाडीहरूलाई ट्रफी, मेडल र पुरस्कार प्रदान गरे।
सो अवसरमा महानिरीक्षक अर्यालले खेलकुदले संगठनभित्रका प्रतिभा पहिचान गर्ने र खेलाडीको अनुशासन तथा नेतृत्व क्षमता विकासमा सहयोग पुग्ने भने। उनले खेलकुदलाई केवल प्रतिस्पर्धा मात्र नभई निर्णय क्षमता र संयमित आक्रामकता सिकाउने आधारस्तम्भको रूपमा लिनुपर्ने भने। हारलाई अन्त्य नभई सुधारको अवसरको रूपमा लिनुपर्ने उनको भनाइ थियो।
चैत २४ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ वटा टिमले फुटबल, भलिबल र एथलेटिक्समा प्रतिस्पर्धा गरेका थिए। कार्यक्रममा सशस्त्र प्रहरीका उच्च अधिकारी र खेलकुद क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।