विश्व तेक्वान्दो जुनियर प्रतियोगिताका लागि नेपाली टोलीको बिदाइ

बुधबार, चैत २५, २०८२
Global

काठमाडौँ :विश्व तेक्वान्दो जुनियर प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले बिदाइ गरेका छन्।

२०२६ अप्रिल १२ देखि १७ सम्म उज्वेकिस्तानमा आयोजना हुने उक्त प्रतियोगिताका लागि नेपालबाट दुई खेलाडी र एक प्रशिक्षक जान लागेका हुन्। ४६ केजी मुनि तौल समूहमा कृतिका कट्वाल र ५९ केजी मुनि तौल समूहमा दिल्लिका भोलनले प्रतिस्पर्धा गर्नेछन्। सदस्य सचिव मेहताले टोलीलाई विजयको शुभकामना दिँदै बिदाइ गरे।

टोलीको प्रशिक्षकमा सन्दिपा अम्गाईँ रहेकी छिन्। कार्यक्रममा परिषद्का कार्यकारी समिति सदस्य भानबहादुर चन्दले पनि खेलाडीहरूलाई सफलताको शुभकामना दिएका थिए।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १४:४४
प्रतिक्रिया दिनुहोस्